आइडब्लुएफएनका खेलाडीको बिदाइ 

१३ देखि २० जुलाईसम्म भुटानमा आयोजना हुने ८ औ दक्षिण एसियाली कराँते प्रतियोगितामा सहभागी हुने आइडब्लुएफएनका टोलीलाई बिदाइ गरियो । आईडब्लुएफएन कराँते डो सङ्घ बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रममा सुदन दराइ तथा  प्रजिस्मा श्रेष्ठलाई बिदाइ  गरियो ।

उनीहरूले नेपालको  प्रतिनिधित्व गरी सहभागिता जनाउने आइडब्लुएफएन बागमती प्रदेश अध्यक्ष रमेश पहरीले बताए । सो कार्यक्रममा केन्द्रीय अध्यक्ष नवराज चौलागाई, उपाध्यक्ष सन्देश बाबु सहकर्मी, महासचिव बुद्धराज नेगी र कोषाध्यक्ष विमला मोक्तान लगायत सङ्घका प्रतिनिधिहरूको उपस्थिति थियो । 

Comment