त्रियोग  अन्तर विद्यालय बुद्धिचाल सुरु

अन्तर्राष्ट्रिय चेस दिवसको अवसरमा त्रियोग हाई स्कुल, धापासीले चौथो त्रियोग अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताको उद्घाटन ३ साउनमा विद्यालयका कार्यकारी निर्देशक अजित लामाले गरे उद्घाटन कार्यक्रममा प्रधानाध्यापिका सविता कपरुवान, नेपाल बुद्धिचाल संघका महासचिव धरम लामा र कोषाध्यक्ष तारा बहादुर रानाभाट उपस्थित थिए । 

२ दिने प्रतियोगिता काठमाडौँ उपत्यकाका ५० भन्दा बढी विद्यालयका ३५० भन्दा बढी खेलाडीको सहभागिता रहेको छ । पहिलो दिन तेस्रो चरणको समाप्तिमा कक्षा ६–७ को छात्रा समूहमा त्रियोगकी नोयल थापा र नितेन मेमोरियलकी ज्ञानी श्रेष्ठ ३ अंक सहित शीर्ष स्थानमा छन् । सोही समूहको छात्र तर्फ त्रियोगका आभास रिमाल र सम्पन्न बज्राचार्य साथै सूर्योदयका अग्रिम सैजुँ र नितेन मेमारियलका सञ्जीव तामाङ ३ अंक सहित शीर्ष स्थानमा छन् । त्यसै गरी कक्षा ८–१० को छात्रा समूहमा त्रियोगकी रिया श्रेष्ठ र कृपा बेलबासे साथै सेन्ट मेरीकी एलिना तिम्सिना र दिव्या सिग्देल ३ अंक सहित शीर्ष स्थानमा छन् । छात्र तर्फ त्रियोगका रियान श्रेष्ठ, पुष्प सदनका सुप्रभ सागर श्रेष्ठ, के.एम.सीका विधान सापकोटा र नितेन मेमोरियलका दीपक गोले ३ अंक सहित शीर्ष स्थानमा छन् । 

Comment