त्रियोग अन्तर विद्यालय बुद्धिचाल सम्पन्न

चौथो त्रियोग अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौँ उपत्यकाका ४० भन्दा बढी विद्यालयका ३४० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । 

प्रतियोगितामा कक्षा १–३ छात्रा समूहमा इम्पेरियल वर्ल्डकी अग्रता आचार्य पहिलो, युरो हात्तिगौँडाकी रुस्बेरी चौलागाई दोस्रो तथा पेभिलियनकी अधिरा पौडेल तेस्रो भए । सोही समूहको छात्रतर्फ ल्याबोरेटरीका अङ्कुर पोखरेल पहिलो, त्रियोगका प्रसून मल्ल दोस्रो तथा काठमाडौँ गुरुकुलका सुनभ ओझा तृतीय भए । 

कक्षा ४–५ छात्रा समूहमा नितिन मेमोरियलकी नन्दा श्रेष्ठ पहिलो, युरो हात्तिगौँडाकी कृसा श्रेष्ठ दोस्रो तथा मार्भेलसकी सोनालिका सराफ तृतीय भइन् । सोही समूहको छात्रतर्फ माछापुच्छ्रे आइबिका साहास श्रेष्ठ पहिलो, पुष्प सदनका हार्दिक पन्त दोस्रो तथा लक्ष मोरे तृतीय भए । 

कक्षा ६–७ छात्रा समूहमा मार्भेलसकी निहाना श्रेष्ठ पहिलो, त्रियोगकी परिधि खत्री दोस्रो तथा मार्भेलसकी कृष्ती रिजाल तेस्रो भए । सोही समूहको छात्रतर्फ पाठशालाका ओसकार पन्थी पहिलो, त्रियोगका आभास रिमाल दोस्रो तथा त्रियोगकै सम्पन्न बज्राचार्य तेस्रो भए । 

कक्षा ८–१० छात्रा समूहमा त्रियोगकी रिया श्रेष्ठ पहिलो,, त्रियोगकै कृपा बेलबासे दोस्रो तथा डिएभीकी प्रज्ञा पन्त तेस्रो भए । सोही समूहको छात्र तर्फ मनकामनाका प्रतीक सुवेदी पहिलो, मोडर्न इन्डियनका आशीष गुप्ता दोस्रो तथा क्रियटिभका सफल महर्जन तेस्रो भए ।

त्यसै गरी आयोजक त्रियोग हाई स्कुल कक्षा ६–७ र कक्षा ८–१० समूहको समूह विजेता भयो । र मार्भेलस स्कुल कक्षा ४–५को समूह विजेता तथा युरो स्कुल हात्तिगौँडा कक्षा १–३ समूह विजेताको उपाधि हात पार्न सफल भयौ ।  

Comment