योञ्जनलाई रोकेका श्रेष्ठको आफै प्रशिक्षक बन्ने तयारी 

एक पछि अर्को विवादमा परेको नेपाल ब्याडमिन्टन सङ्घ र सङ्घ अध्यक्ष राम जी बहादुर श्रेष्ठ थप विवादमा परेका छन् । गत वर्ष भएको निर्वाचन तथा साधारण सभालाई राष्ट्रिय खेलकुद परिषद्ले प्रक्रिया नपुगेको भन्दै मान्यता नदिए पछि स्वघोषित अध्यक्ष श्रेष्ठले शुक्रवार औपचारिक रूपमा सुरु हुने पेरिस ओलम्पिकको थप विवादमा परेका छन् । 

पेरिस ओलम्पिकमा नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालका कुनै प्रशिक्षक छैनन् । ब्याडमिन्टन प्रशिक्षक सुदीप योञ्जनलाई पठाउन राखेप सदस्य सचिव टङ्कलाल घिसिङले बारम्बार प्रयास गरे पनि यसमा श्रेष्ठले अटेर गरेका थिए । विश्व ब्याडमिन्टनको कोटामा मेनेजरको रूपमा पेरिस पुगेका श्रेष्ठ आफे प्रशिक्षकको रूपमा प्रस्तुत हुने सम्भावना प्रबल छ । दुई दिन देखि उनी आफै एक्रिडिएसन कार्ड भिरेर प्रिन्सको खेलमा प्रशिक्षण गराउन गएको समाचार श्रोतले जनाएको छ । श्रेष्ठको नेतृत्व भनिएको सङ्घकै एक पदाधिकारीका अनुसार श्रेष्ठले आफू नै मेनेजरको भूमिका निर्वाह गर्नका लागि आफ्नै नाम  सिफारिस गरेका हुन् । उनले सिफारिसमा सुदीपलाई बेवास्ता गरेका छन ।

l.मुख्य प्रशिक्षक योञ्जन बिडब्लुएफका लेभल टु प्रशिक्षक हुन् । साथै भारतको पटियालबाट डिप्लोमा कोचिङ कोर्स पनि गरेका छन् । उनी पनि पूर्व राष्ट्रिय च्याम्पियन हुन् । विश्व ब्याडमिन्टनको कोटामा अफिसियलको रूपमा पेरिस पुगेका श्रेष्ठ आफे प्रशिक्षकको रूपमा प्रस्तुत हुने सम्भावना प्रबल छ । श्रेष्ठसँग ब्याडमिन्टनको कुनै प्रशिक्षण अनुभव छैन । श्रेष्ठको नेतृत्व भनिएको सङ्घकै एक पदाधिकारीका अनुसार श्रेष्ठले आफू नै प्रशिक्षकको भूमिका निर्वाह गर्नका लागि योञ्जनलाई रोकेका हुन् । 

मुख्य प्रशिक्षक योञ्जन बिडब्लुएफका लेभल टु प्रशिक्षक हुन् । साथै भारतको पटियालबाट डिप्लोमा कोचिङ कोर्स पनि गरेका छन् । उनी पनि पूर्व राष्ट्रिय च्याम्पियन हुन् । 

Comment