आईसीसी महिला टी–२० विश्वकप यूएइमा हुँदै


आईसीसी महिला टी–२० विश्वकप क्रिकेट– २०२४ युएईमा हुने भएको छ । यस अघि बंगलादेशमा हुने भनिएको विश्वकप त्यहाँ भएको आन्दोलन र नयाँ सरकार गठनपछि जारी प्रतिबन्धहरूका कारण युएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ ।
प्रतियोगिता १७ असोज देखि १४ कात्तिकसम्म युएईको दुबई र शारजाहमा हुने जनाइएको छ । आईसीसीले प्रतियोगिताको आयोजना स्थल मात्र बंगलादेशबाट युएईमा सरेको भन्दै आयोजक बंगलादेश क्रिकेट बोर्ड नै रहने जानकारी दिएको छ । यस विश्वकपमा आयोजक बंगलादेशसहित १० देशले भाग लिँदै छन् । जसमा बंगलादेशसहित अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इन्डिज, पाकिस्तान, स्कटल्याण्ड र श्रीलङ्का रहेका छन् ।

Comment