गण्डकी थन्डर्सको लोगो सार्वजनिक

आउँदो असोज १४ गतेदेखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुन गइरहेको एभरेस्ट महिला भलिबलमा गण्डकी थन्डर्सले लोगो सार्वजनिक गरेको छ । गण्डकी थन्डर्सले केही समयमा नै विदेशी खेलाडी सहित टोली सार्वजनिक गर्ने निर्देशक विकास खेतानले बताए । 

सरस्वती चौधरी मार्की खेलाडी रहेको गण्डकीले यस अघि नै नेपाली खेलाडी सार्वजनिक गरी सकेको छ । राष्ट्रिय टिममा कविता भट्ट र प्रगति नाथलाई यस अघि नै टोलीमा राखिएको छ । यसै गरी राष्ट्रिय टोलीबाट खेली सकेका लक्ष्मी चन्द र रिमा कुँवर पनि टोलीमा छन् । सो टोलीमा आरती चौधरी, स्नेहा ठगुन्ना र सरस्वती जैसी छन् । इन्फिनिटी ड्रिम्सले आयोजना गर्ने यस फ्रेन्चाइजमा ६ टोलीको सहभागिता छ । 

Comment