मित्र र शाहीलाई महत्त्वपूर्ण जिम्मेवारी

विश्व गोजुरियो कराते महासङ्घको रेफ्री कमिसनको सदस्यमा नेपालका रवि शाही नियुक्त भएका छन् । यसै गरी, विश्व गोजुरियो कराते महासङ्घको उपाध्यक्षमा बलाराम मित्र नियुक्त भएका छन् । 

नेपाल गोजुरियो कराते सङ्घका सचिव सानुबाबु गिरिले दुवै जनालाई बधाई दिँदै कार्यकालको सफलताको कामना गरेका छन् । विश्व करातेको प्राविधिक तथा प्रशासनिक क्षेत्रमा नेपालको यो महत्त्वपूर्ण उपलब्धि हो । 

Comment