नेपालको महत्त्वपूर्ण सफलता

सातौँ डब्लुजीकेएफ गोजुरियो कराते च्याम्पियनसिपको एकल कातामा नेपालका यनोज महर्जनले स्वर्ण पदक जितेका छन् । अस्ट्रियामा भएको प्रतियोगितामा इटालीका एलिसियो डायनाले रजत तथा इटालीकै बेभर्ली म्याथ्यु स्कटले तेस्रो स्थान पाए । 

सो प्रतियोगिताको दौरान भएको कङ्ग्रेसले नेपालका रबी शाहीलाई विश्व गोजुरियो कराते महासङ्घको रेफ्रि कमिसनको सदस्यमा चयन गरेको छ । यसै गरी बलराम मित्रलाई विश्व गोजुरियो कराते महासङ्घको उपाध्यक्षमा चयन गरेको छ । 

Comment