१२ औ एनएसके असोज १३ र १४ मा

१२ औ एनएसएके कप पौडी प्रतियोगिता १३ र १४ असोजमा हुने भएको छ । प्रतियोगितामा कुल ३५० खेलाडीको सहभागिात रहने छ । प्रतियोगितामा महिला र पुरुषका ४ स्ट्रोक र मेडलीका गरी ७२ स्पर्धा समावेश गरिएका छन् । खेलाडीको प्रतिभा प्रस्फुटन, उत्कृष्ट खेलाडीको मनोबल बढाउने, नयाँ प्रतिभावान् खेलाडीको पहिचान गर्ने तथा पौडी सबैका लागि भन्ने मान्यता स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । 

प्रतियोगिताको अनुमानित लागत २५ लाख ३९ हजार ४०० रुपैयाँ रहेको जनाइएको छ । १ सेकेन्ड भन्दा कम समयको अन्तरमा राष्ट्रिय कीर्तिमान भएमा ५ हजार, १ देखि ३ सेकेन्ड भन्दा कम समयको अन्तरमा राष्ट्रिय कीर्तिमान कायम भएमा १० हजार तथा ३ सेकेन्ड भन्दा बढी समयको अन्तरमा राष्ट्रिय कीर्तिमान कायम भएमा २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । 

Comment