आइडब्लुएफएनको राष्ट्रिय च्याम्पियनसिप सुरु 

आइडब्लुएफएन करातेको दोस्रो राष्ट्रिय च्याम्पियन शुक्रवार सुरु भयो । गोदावरी–१३ मा भएको सो च्याम्पियनसिपको प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे । उद्घाटन समारोहमा सांसद उदय समसेर जबरा, बाग्मती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चन, करातेका मुख्य प्रशिक्षक दीपक श्रेष्ठ तथा नव नियुक्त राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभित प्रसाईँको उपस्थिति थियो । कार्यक्रम आइडब्लूएफएनका अध्यक्ष नवराज चौलागाईको सभापतित्वमा कार्यक्रम भएको थियो ।  

कार्यक्रममा श्रेष्ठ र प्रसाँइलाई पनि सम्मान पनि गरियो । २ दिने प्रतियोगितामा २५ स्पर्धा समावेश छन् । प्रतियोगितामा ४ प्रदेशका ९ जिल्लाका खेलाडीको सहभागिता रहेको मुख्य प्रशिक्षक तथा सङ्घका महासचिव बुद्धराज नेगीले जानकारी दिए । 

Comment