एनएसए पौडी आइतबार र सोमबार

१२ औ एनएसए खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आइतबार र सोमबार आयोजना हुने भएको छ । प्रतियोगितामा  विभिन्न उमेर समूह र खुला गरी ७२ स्पर्धा समावेश गरिएको छ । प्रतियोगितामा २८३ खेलाडीको सहभागिता छ । 

प्रतियोगिताको कुल लागत २५ लाख ३९ हजार रुपैयाँ रहेको नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको दौरान वर्षको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान गरिने छ । साथै नेपालबाट ओलम्पिकमा भाग लिएका पौडी खेलाडीलाई सिनियारीटीको आधारमा हरेक खेलको दौरान २५ हजार रुपैयाँ प्रदान गरिने छ । 

प्रत्येक उमेर समूहमा तथा खुलाको उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरूलाई ५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताले नेपाली पौडीको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । 

Comment