अजल काजीको राष्ट्रिय कीर्तिमान
Manoj Shiama
29 September, 2024 7:52 pm

१२ औ एनएसए पौडी प्रतियोगितामा अजल काजी ताम्रकारले ५० मिटर बटरफ्लाईमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले २६.५५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन् । यस अघि उनकै नाममा २६.७९ को राष्ट्रिय कीर्तिमान थियो । सो कीर्तिमान उनले २०२३ मा कायम गरेका थिए ।

प्रतियोगिताको आइतबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे । प्रतियोगितामा विभिन्न उमेर समूह तथा खुला समेत गरी ७२ स्पर्धा समावेश गरिएका छन् । पहिलो दिन ३४ स्पर्धा सकिएका छन् । प्रतियोगितामा २८३ खेलाडीको सहभागिता छ ।