पौडी च्याम्पियनसिप जारी 

१२ औ एनएसए पौडी प्रतियोगिताको तेस्रो सत्र सम्पन्न भएको छ । पहिलो दिन ३४ स्पर्धामा खेल सम्पन्न भए भने दोस्रो दिनको पहिलो ७२ मध्येका बाँकी रहेका स्पर्धाका  हिट चरणका खेल सोमबार बिहान सम्पन्न भए । पहिलो दिल अजल काजी ताम्रकारले राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । 

नेपाल पौडी सङ्घको आयोजनामा जारी प्रतियोगिताको अन्तिम सत्र तथा समापन समारोह सोमबार साँझ हुने छ । सोही अवसरमा नेपालका प्रथम ओलम्पियन पौडीबाज सिताराम शाही, नेपाली पौडीको विकासमा समर्पित व्यक्तित्व पद्म जङ्ग शाही र वर्षका उत्कृष्ट पौडीबाजलाई सम्मान गरिएको छ । 

यसै गरी  संघले आयोजना गरेको हरेक पौडी प्रतियोगितामा १ ओलम्पियनलाई सम्मान गर्ने सङ्घको नीति छ । महिला र पुरुषलाई पालैसँग सम्मा गरिने छ । ८ वैशाखमा जगतमान श्रेष्ठको नेतृत्वमा निर्वाचित यस संघले नेपाली पौडीको विकासमा आफूलाई समर्पित गर्दै नयाँ र सृजनशील परियोजनाको सोच बनाएको छ । 

Comment