एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृत


नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रेल रेसका पदक विजेता खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । मलेसियाको सबाहमा भदौ २९ गते भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण र १ कांस्य पदक जितेको थियो । नेपालले व्यक्तिगत स्पर्धामा १ स्वर्ण र कांस्य तथा पुरुष÷महिला टिममा स्वर्ण जितेको थियो ।
व्यक्तिगत स्पर्धामा स्वर्ण जितेकी प्रिया राईले २० हजार नगद पुरस्कार प्राप्त गरिन् । टिममा पनि स्वर्ण जितेकी प्रियालाई छुट्टै ५ हजार पुरस्कार दिइयो । व्यक्तिगतमा कांस्य तथा टिममा स्वर्ण विजेता रशिला तामाङले क्रमशः १० हजार र ५ हजार नगद पाइन् ।
लोकेन्द्र राई, फुर्वासिंह तामाङ, मिलन राई र अर्जुन कुलुङ राई सम्मिलित स्वर्ण विजेता पुरुष टोली समान ५–५ हजार नगदसहित पुरस्कृत भए । प्रिया तथा रशिला बोहकका महिला खेलाडी टोलीका अन्य सदस्य पद्मकुमारी सुनुवार, छोकी शेर्पा र आङ फुर्वा शेर्पाले पनि समान ५–५ हजार नगद पुरस्कार पाए ।
सबै खेलाडीले ७८ किलोमिटर दूरीमा प्रतिस्पर्धा गरेका थिए । प्रशिक्षक पूर्ण तामाङलाई ५ हजार नगदसहित सम्मान गरियो ।
सोही अवसरमा अन्तर्राष्ट्रि ट्रेल तथा अल्ट्रा रनका स्वर्ण विजेताद्वय सुमन कुलुङ र मनकुमार रोका मगरलाई १० हजार नगद पुरस्कार प्रदान गरियो । एथलेटिक्स खेलाडीको उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएका पूर्व धावक हरिबहादुर रोकायालाई पनि नगदसहित सम्मान गरिएको थियो ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्य समेत रहेका नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरलगायतले नगद पुरस्कार प्रदान गरे ।
सो अवसरमा अध्यक्ष कुँवरले खेलाडीलाई धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन महासंघले पहल गरिरहेको बताउदै पुरस्कार राशी ठूलो नभएपनि मायाको चिनोका रुपमा ग्रहण गर्न आग्रह गरे ।

Comment