समूह चरणमा नेपालको पहिलो जित


एसिया रग्बी एमिरेट्स सेभेन्स ट्रफीमा नेपालको महिला टिमले समूह चरणमा पहिलो जित हासिल गरेको छ ।
दशरथ रंगशालामा शुक्रबार साँझ भएको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा आयोजक नेपालले महिलातर्फ उज्वेकिस्तानलाई १२–७ को स्कोरमा पराजित गरेको हो ।
नेपाल समूह ‘ए’ मा फिलिपिन्स र ग्वामसँग पराजित भएको थियो । नेपाल फिलिपिन्ससँग ३२–० र ग्वामसँग १७–५ ले पराजित भएको थियो । महिला टोली दुई पराजयपछि ‘बाउल’ विधामा प्रवेश गरेको छ ।
यता, पुरुष टोलीले आ–आफ्नो समूह चरणका दुई खेलमा नै पराजय व्यहोरेको छ । महिला तथा पुरुष गरि कुल पाँच  खेलमध्ये नेपालले शुक्रबार एउटा मात्र खेल जितेको हो ।
नेपाली पुरुष टोली समूहका दुई खेलमा उज्वेकिस्तान र बहराइनसँग पराजित भएको थियो । उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित गरेको हो । यस्तै बहराइनसँग २७–७ ले पराजित भयो ।
नेपाल र बहराइन दुवैलाई पराजित गर्दै उज्वेकिस्तान समूह ‘बी’ को विजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ । राउण्ड अफ ८ मा बहराइनले फिलिपिन्सको सामना गर्दैछ भने उज्वेकिस्तानले जोर्डनको सामना गर्दैछ ।
नेपाली पुरुष टोली ‘च्यालेन्ज’ विधामा प्रवेश गरेको छ । नेपालले शनिबार कतारसँग खेल्नेछ ।

Comment