पाको क्योकुशिनकी प्रमुख प्रशिक्षक सञ्जु महर्जनले पाइन अन्तर्राष्ट्रिय पाँचौँ डान

Manoj Shiama
22 December, 2024 7:15 am

पाको क्योकुशिन कराते डो सङ्घ नेपालको आयोजनामा बेल्ट एवम् प्रमाणपत्र वितरणका साथै रेफ्री सेमिनार कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल १९ नं गण विशेष कार्यदल हलचोकका गणपति सशस्त्र प्रहरी उपरीक्षक समिक कुमार महर्जनको प्रमुख आतिथ्यमा सिनामंगलस्थित ब्राइट फ्युचर एकेडेमीको प्राङ्गणमा सम्पन्न भएको सो कार्यक्रममा अन्तर्राष्ट्रिय डान प्राप्त गर्ने खेलाडीलाई बेल्ट तथा प्रमाण पत्र प्रदान गरिएको थियो । 

यसरी प्रमाण पत्र प्राप्त गर्नेमा पाको क्योकुशिन करो डो सङ्घकी प्रमुख प्रशिक्षक सञ्जु महर्जनले व्ल्याकबेल्ट पाँचौँ डान प्राप्त गरेकी छन् । त्यस्तै व्ल्याकबेल्ट पाँचौँ डान प्राप्त गर्ने अन्य खेलाडीमा श्रवण आचार्य विष्णु थापा र जनार्दन घिमिरे रहेका छन् ।  यसै गरी ब्ल्याक बेल्ट तेस्रो डान प्राप्त गर्ने खेलाडी हरूमा शैलेन्द्र कुमार ठाकुर, दीपेन्द्र कुमार दास, प्रेम कुमार यादव र ओम प्रकाश महतो रहेका छन् भने ब्ल्याक बेल्ट दोस्रो डान प्राप्त गर्ने खेलाडीहरूमा सुधीर पोदार, सूर्यनाथ यादव, गोपाल सिंह बस्नेत र सुजन काफ्ले रहेका छन् । यसै गरी ब्ल्याक बेल्ट पहिलो डान प्राप्त गर्ने खेलाडीहरूमा अर्जुन थिङ, करिना मोक्तान, सुजन महर्जन, प्रेरणा मोक्तान सुमित कुमार साह, अमित पटेल, प्रवीण शाक्य, राजकुमार श्रेष्ठ, सुमन तामाङ, सुजाता काफ्ले, आस्था लामा र जस्मिन दंगाल रहेकी छन् 

सङ्घकी प्रमुख प्रशिक्षक सञ्जु महर्जनको संयोजकत्वमा विभिन्न डोजोका २० जना प्रशिक्षक तथा रेफ्रीलाई रेफ्री सम्बन्धी १ दिने प्रशिक्षण प्रदान गरिएको उक्त कार्यक्रममा विशिष्ट तिथि नेपाल हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।