अनलाइन मार्फत आवेदन 

Manoj Shiama
24 December, 2024 1:25 pm

नेपाल ओलम्पिक कमिटीको निर्वाचनका लागि २३ डिसेम्बरका दिन अनलाइन मार्फत उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, कोशाध्यक्ष, उप महासचिव, ३ सचिव र ५ सदस्य गरी कुल १९ सदस्सीय कमिटीका लागि २३ जनाको उम्मेदवारी परेको हो ।  

अध्यक्षमा जीवन राम श्रेष्ठ, निलेन्द्र राज श्रेष्ठ र तेज गुरुङको उम्मेदवारी परेको छ । उपाध्यक्षमा दीपक हर्ष बज्राचार्य, ज्योति राणा, गोपाल सुन्दर कक्षपती, प्रकाश समसेर राणा, धावा गुरुङ, अशोक रत्न बज्राचार्य, अनिल प्रसाद शर्मा, चतरानन्द राज वैद्य र तुलसी थापाको मनोनयन परेको छ । 

महासचिवमा राजीव श्रेष्ठको मात्र उम्मेदवारी परेको छ । यसै गरी, उप महासचिवमा राम जी बहादुर श्रेष्ठ तथा सचिवमा रमेश सिवाकोटी, भीम सिङ गुरुङ र राम कृष्ण श्रेष्ठको मात्र उम्मेदवारी परेको छ । यसै गरी, गीता राणा, राम अवाले, मनिस जोशी र जितेन्द्र बहादुर चन्दले सदस्यमा उम्मेदवारी दिएका छन् । 

महासचिवमा सर्व सम्मत भएका राजीव राजनीतिक रूपमा नेपाली काँग्रेस निकट मानिन्छन् । यसै गरी सचिवमा नियुक्त भएका रामकृष्ण श्रेष्ठ काँग्रेस निकट व्यक्ति हुन् । सभिवमा सर्वसम्मच भएका मिभ सिंह गुरुङ कांग्रेसका महासमिती सदस्य हुन् ।यसै गरी, सिवाकोटी नेकपा एकीकृत समाजवादी निकट हुन् । कोशाध्यक्षमा पनि टासी घले सर्व सम्मत भए । उनी पनि नेपाली काँग्रेस निकट मानिन्छन् । 

 । 

सदस्यमा सर्वसम्मत भएका मनिस जोशी काँग्रेस निकट हुन् । अवाले नेकपा एकीकृत माओवादी निकट भएको श्रोत बताउँछ । अध्यक्षमा उम्मेदवार रहेका जीवनराम श्रेष्ठ नेकपा एकीकृत समाजवादी र  निलेन्द्र माओवादी केन्द्र निकट हुन् । तेज गुरुङको विगत राजनीतिक पृष्ठभूमि एमाले निकट भए पनि पार्टी विभाजन पछि उनी प्रस्ट नखुलेको जनाइन्छ । उप महासचिव भएका राम जी बहादुर श्रेष्ठ माओवादी केन्द्र निकट हुन् । 

उपाध्यक्षमा मनोनयन गरेका दीपक हर्ष बज्राचार्य, ज्योति, गोपाल सुन्दर, प्रकाश समसेर र अशोक रत्न राजनीतिक दलमा धेरै सक्रिय नाम होइनन् । यसै गरी कोशाध्यक्ष टासी पनि राजनीतिक रूपले सक्रिय होइनन् । 

धावा काँग्रेसको राजनीतिक पृष्ठभूमि भए पनि गएको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीमा आबद्ध थिए । उनी हाल काँग्रेस निकट रहेका श्रोत बताउँछ । यसै गरी, तुलसीको राजनीतिक पृष्ठभूमि एमाले भए पनि पार्टी विभाजन पछि कतै खुसेको देखिएको छैन । अनिल शर्मा काँग्रेस निकट हुन् । यस मनोनयनमा सबै राजनीतिक दलको उपस्थिति तथा काँग्रेस पटकको प्रभाव विगतको भन्दा बढी भएको देखिएको छ ।