एसओएस काभ्रेमा खेल सप्ताह सुरु

पनौती नगरपालिका –५ श्रीखण्डपुरस्थित एसओएस हर्मन माइनर विद्यालय काभ्रेको आयोजनामा आइतबार खेलकुद सप्ताह सुरु भयो ।
प्रमुख अतिथि पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले कार्यक्रमको उद्घाटन गरे । कार्यक्रमको सभापतित्व एसओएस बालग्राम काभ्रेका निर्देशक तुलसी रत्न छुँजुले गरे । विद्यालयका प्राचार्य नरेश्वर आचार्यले स्वागत भाषण गरे ।

कार्यक्रममा एसओएस बालग्राम नेपालका नायव राष्ट्रिय निर्देशक उपेन्द्र मल्ल ‘तारा’, युवालयका निर्देशक नरेश शङ्कर प्रधानाङ्ग, वडा सदस्य प्रेमबहादुर कुँवर र वडाकी बालमैत्री सहजकर्ता गीता तिम्सिनाको उपस्थिति थियो । यसै गरी, परिवार सुदृढीकरण कार्यक्रमका इन्चार्ज प्रकाश अर्याल र विजयादेवी पोखरेल लगायतका अतिथिहरू कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रममा विद्यार्थीहरूले मार्च पास, एरोविक्स प्रस्तुति र स्वागत नृत्य प्रस्तुत गरे । एक साता सम्म आयोजक एसओएस हर्मन माइनर विद्यालय काभ्रेको खेलमैदानमा हुने महोत्सवमा बुद्धिचाल, खोखो, भलिबल, फुटबल, एथलेटिक्स र बास्केटबल लगायतका खेलहरू समावेश गरिएको प्राचार्य नरेश्वरले जानकारी दिए ।