वर्ष २०२४ का नायक

वर्ष २०२४ हाम्रो माझबाट लगभग बिदा भएको छ। विश्व खेलकुदमा अब कुनै महत्त्वपूर्ण घटना हुने छैनन्। यस बिचमा केही ठुला प्रतियोगिता पक्कै भए। फ्रान्सको पेरिसमा गृष्मकालीन ओलम्पिक यसै वर्ष भयो भने फुटबलमा युरो कप फुटबल भयो। नियमित हुने गरेको व्यवसायी प्रतियोगिता सम्पन्न भए।

ओलम्पिक खेलकुद यसै वर्ष भएका कारण पौडी, एथलेटिक्सको विशेष महत्त्व पक्कै थियो यस अर्थमा फ्रान्सेली पौडीबाज लियोन मर्चान्ड, क्यानडाकी पौडीबाज समर म्याकन्टस र अमेरिकी पौडीबाज टोरी हस्कका लागि यो वर्ष विशेष सफल वर्षको रूपमा रह्यो।

यसैगरी अमेरिकी जिम्न्यास्ट सिमोन वाइल्सका लागि सानदार पुनरागमनको वर्ष बनेको छ। एथलेटिक्समा अमेरिकी नोह लायस र सेन्ट लुसियाका जुलियन अलफ्रेड नयाँ स्टारको रूपमा उदाए।

फुटबलमा यस वर्षकी निर्विवाद नायिका स्पेनकी आइताना बोनमाटी भइन्। उनी बालोन डी ओर अवार्ड र फिफा वर्ष खेलाडीको अवार्ड दुवै जित्न सफल भइन्। पुरुषतर्फ ब्राजिलियन स्टार रियल म्याड्रिडमा भिन्सियस जुनियर फिफाका उत्कृष्ट खेलाडी घोषित भए। बोलान डी ओर अवार्ड भने स्पेनका रोड्रीले पाए।

एथलेटिक्सका स्विडेनका अर्मान्ड डु प्लेन्टिस र अमेरिकी सिड्नी म्यागगाउलिन आफ्नो नाममा भएको पुरानो कीर्तिमान आफै भङ्ग गर्न सफल भए।

फ्रान्सेली पौडीबाज लियोन मर्चान्डले पेरिसमा भएको ओलम्पिक खेलकुदमा चार व्यक्तिगत स्वर्ण पदक जितेर सनसनी फैलाए। उनले २०० र ४०० मिटर मेड्लीका साथै २०० मिटर बटरफ्लाई र २०० मिटर ब्रेस्टस्ट्रोकमा सफलता पाएका हुन्। यसै गरी उनले ४ गुणा १०० मिटर मेड्ली रिलेमा कास्य दिक जिते।

Leon Marchand, of France, celebrates after receiving a gold medal for in the men’s 400-meter individual medley final at the 2024 Summer Olympics, Sunday, July 28, 2024, in Nanterre, France. (AP Photo/Matthias Schrader)

सोही ओलम्पिकमा म्याकन्टसले दुई सय र चार सय मिटर व्यक्तिगत मेड्लीमा स्वर्ण पदक जितिन्। उनले दुई सय मिटर बटरफ्लाईमा स्वर्ण पदक जितिन। चार सय मिटर फ्रिस्टाइलमा उनले रजत पदक जितिन्।

अमेरिकी स्टार टोरी हस्कले सय मिटर बटरफ्लाईमा स्वर्णमा पदक तथा फ्रिस्टाइलमा रजत पदक जितिन। साथै उनी सहितको अमेरिकी टोलीले चार गुणा सय मिटर मेृडड्ले रिलेमा नयाँ विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेको थियो। उनले मिश्रित मेड्ले रिलेमा पनि स्वर्ण पनि स्वर्ण पदक जितेकी थिइन। साथमा उनी सहितको अमेरिकी टोलीले चार गुणा सय मिटर फ्रिस्टाइलमा रजत पदक जितेको थियो।

पेरिस ओलम्पिकको पौडीमा स्पर्धामा अमेरिकी केटी लेडेकीले आठ सय र १५ सय मिटरमा स्वर्ण पदक जितिन भने चार गुणा दुई सय मिटर फ्रिस्टाइलमा रजत पदक जितिन्।

अमेरिकाका केली म्याककोनले ब्याक स्ट्रोकमा दुवै स्पर्धामा स्वर्ण पदक जितिन्। उनी सहितको टोलीले मेडेली रिलेका स्पर्धामा रजत पदक जितेको थियो।

यसैगरी, एथलेटिक्सका सेन्ट लुसियाकी जुलियन अलफ्रेडले सबैलाई आश्चर्यमा पार्दै सय मिटर दौडमा स्वर्ण पदक जितिन्। पुरुषतर्फ अमेरिकी नोह लायसले उपाधि जिते। यी २ ले आफूलाई संसारको तेज व्यक्ति भएको पुष्टि गरे। कोभिड सङ्क्रमणको अवधिमा पनि लायसले दुई सय मिटर कुदेर कास्य पदक जितेका थिए।

सोही ओलम्पिकमा अमेरिकाकी सिड्नी म्यागगाउलिनले चार सय मिटर हर्डल्स तथा स्विडेनका अर्मान्ड डे प्लेस्न्टिसले सोही शैलीमा पोल भोल्टमा स्वर्ण पदक जितेका थिए। सन् २०२४ मा सिमोन वाइस्लको कम ब्याक शानदार रह्यो। उनले टिम, अलराउण्ड र भोल्टमा स्वर्ण पदक जितिन्। साथै उनले एक रजत पदक जितिन्।

सन् १९६० पछि पहिलो पटक बालोन डी ओर अवार्ड जित्दै रोड्रिले स्पेनिस फुटबलको साखलाई नै उठाएका थिए। उनको उत्कृष्ट प्रदर्शनमा स्पेनले युरो कप फुटबलको उपाधि जितेका थियो। साथमा म्यानचेस्टर सिटीले प्रिमियर सिप फुटबलको उपाधि जितेको थियो।

यसैगरी, ब्राजिलका जुनियरले सो अवार्ड नपाएको कारण जनाउँदै रियल म्याड्रिडले अवार्ड वितरण कार्यक्रम नै बहिस्कार गरेको थियो। जुनियर उत्कृष्ट भन्ने रियलका केही आधार थिए।

च्याम्पियन्स लिग उपाधि रियललाई जिताउने क्रममा जुनियरले सानदार प्रदर्शन गरेका थिए। उनी फिफाको उत्कृष्ट खेलाडी बन्दै वर्षको अन्त्य गर्न सफल भए। यी दुवै अवार्ड पाएकी बोनमातीले भने आफूलाई निर्विवाद वर्षको उत्कृष्ट महिला फुटबलर भएको पुष्टि गर्न सफल भइन्।

वर्षको सुरुवातमा स्पेनले फ्रान्सलाई हराउँदै युइएफए नेसन्स कपको उपाधि जितेको थियो। उनकै उत्कृष्ट प्रदर्शनका कारण बार्सिलोनाले स्पेनिस ला लिगा, कोपा डेला रेइना तथा युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेका थियो।

स्पेनलाई विश्वकप फुटबलको उपाधि दिलाउन सफल उनको प्रभाव अझ केही वर्ष कायम रहने अनुमान गरिएको छ।

यसै वर्ष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना भयो। सो क्रिकेट प्रतियोगितामा भारतले फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेको थियो। सो प्रतियोगितामा अफगानिस्तानका रहमनुल्लाह गुरवाज सबै भन्दा धेरै २८१ रन प्रहार गर्न सफल भए।

यसैगरी, अफगानिस्तानका फजाल हक फारुक्वी र भारतका अर्सदिप सिंह सबै भन्दा धेरै १७ विकेट लिन सफल भए। भारतीय सिम बलर जसप्रित बुमराह सो प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए।

केली हडगिन्सन यस वर्षको बिबिसी प्लेयर अफ द इयर भइन्। यसैगरी हार्दिक पाण्डे गुगलमा सबै भन्दा खोजिने खेलाडीको रूपमा कीर्तिमान कायम गर्न सफल भए। यसले उनको उत्कृष्ट क्षमतालाई प्रस्ट पारेको छ।

गएको वर्षमा संसारमा अनेकन् प्रतियोगिता भए। यी नै मध्य ओलम्पिक खेलकुद, क्रिकेट टी २० विश्वकप, युरो कप फुटबल र व्यवसायी फुटबललाई प्रमुख आधार मानिएको हो।

खबरहबबाट साभार

Comment