कराँतेकर्मी मिङमा सिन्धु नेपाल सोसाइटीको उपाध्यक्षमा
सिन्धु सोसाइटी अमेरिकाको ५ औ अधिवेशनबाट पासाङ नोर्बु शेर्पा सर्वसम्मत अध्यक्षमा चयन भए । वरिष्ठ उपाध्यक्षमा मिङमा तामाङ, प्रथम उपाध्यक्षमा लोकेश श्रेष्ठ, द्वितीय उपाध्यक्षमा ल्हाक्पा ठीलेन शेर्पा, महासचिवमा पासाङ डोल्मा शेर्पा र सचिवमा भिमलेन श्रेष्ठ निर्वाचित भए ।
सह सचिवमा बुद्धि बहादुर श्रेष्ठ, कोषाध्यक्षमा साङ् ठिलेन शेर्पा र सह कोषाध्यक्षमा पासाङ तेम्बा शेर्पा निर्वाचित भए । सदस्यहरूमा उमेश कार्की, मदन घोरासैनी, नवाङ रावगेल शेर्पा, निमा शेर्पा, कृष्ण तामाङ, सुरज तामाङ र पेम्बा शेर्पा निर्वाचित भए ।
वरिष्ठ उपाध्यक्षमा निर्वाचित मिङमा नेपालमा स्थापित कराते रेफ्रि हुन् । साथै उनी रेफ्रिको रूपमा अमेरिकामा समेत सक्रिय रहिन् ।