पुरानै टिम राख्ने कलकत्ताको प्रयास

कलकत्ता नाइट राइडर्सको लक्ष्य सन् २०२४ को उपाधि विजेता टोलीलाई सकेसम्म यथावतै राख्ने थियो। तर यस पटक मेगा अक्सनको वर्ष भएका कारण यो सम्भव कमै थियो। तर अभिनेता साहरुख खानको स्वामित्वमा रहेको लोकप्रिय फ्रेन्चाइज केकेआरले यस पटक सो लक्ष्यको नजिक जानका लागि ६ खेलाडी नै रिटेन गरेका थियो।

कलकत्ताको लक्ष्यमा पहिलो धक्का श्रेयाष ऐयार, फिल साल्ट र मिचेल स्टार्कलाई गुमाउँदा थियो। सो पुरा गर्न टोलीले साल्टको प्रतिस्थापनको रूपमा क्विन्टन डी ककको रूपमा टोलीमा आबद्ध गरेको छ। यसअघि नै स्टार्क र ऐयारलाई गुमाएको कलकत्ताले उनीहरूका लागि महँगो मूल्य दाउमा लगाउन समेत चाहेन। डी कक र अर्का ओपनर रहमानुल्लाह गुरवाजलाई अनुमान गरे भन्दा कम मूल्यमा पाएपछि बैंकटेस ऐयारलाई महँगो मूल्यमा टोलीमा आबद्ध गरेको थियो। ऐयारसँग हरेक पोजिसनमा ब्याटिङको अनुभव समेत छ।

स्टार्कको प्रतिस्थापनको रूपमा स्पेन्सर जोन्सनलाई टोलीमा आबद्ध गराएको कलकत्ताले नितिस रानाको विकल्पको रूपमा अजान्का रहानेलाई आबद्ध गरेको छ।

कलकत्ताको संरचना र खेल शैली लगभग गत वर्षको जस्तै हुनेछ। ब्याटिङमा सुरुवातदेखि आक्रमण गर्ने। इम्प्याक्ट खेलाडीको सुविधा भएका कारण आठौँ क्रमसँग ब्याटिङको अवसर कलकत्तालाई हुनेछ। सुनिल नारायण र रसेल टोलीमा रहने अनुहार हुन भने डी कक र रहामानुल्लाह मध्य एक तथा जोन्सन र एन्रिच नोत्जे मध्य एक खेलाउने छ। कलकत्तासँग तीन पेस बलर, दुई स्पिनर तथा एक पार्ट टाइम सिमर रसेल हुनेछन्। उनलाई आवश्यक परे मध्यम गतिमा ऐयारले पनि साथ दिने छन्।

कलकत्ताको सम्भाव्य पहिलो रोजाइ
कलकत्ताको पहिलो रोजाइमा सुनिल नारायण हुनेछन्। त्यसपछि क्विन्टन डी कक÷रहमानुल्ला गुरवाज, अगऋष रघुबंसी÷अजान्का रहाने हुनेछन्। उसको चौथो र पाँचौ रोजाइमा बंककेस ऐयार र आन्द्रे रसेल उपस्थित हुँदा रिकु सिंह, रमनदिप सिंह, हर्षित राना,वरुण चक्रवर्ती र वैभव आरोआ उपस्थित हुनेछन्। त्यसपछि भने एन्रिच र्नोत्जे÷स्पेन्सर जोन्सन र मनिष पाण्डे आउने देखिन्छ।

गत वर्षको भन्दा फरक केही अर्थमा छन्। दुई भारतीय सिमरको साथमा प्राय सबै खेलमा स्टार्क समावेश थिए। यस पटक पहिलो रोजाइको सिमरमा कलकत्ताका लागि विकल्प रहेको छ।

गत सिजन टर्निङ पिचमा रानासहित तीन स्पिनर पहिलो रोजाइको टोलीबाटै प्रयोग गर्न सकिने सम्भावना थियो। यस सिजनमा टर्निङ पिचमा मोइन अलि खेलाउन सक्नेछ। पुरानो संरचनालाई प्राथमिकता दिएको कलकत्ताले अन्तिम समयमा मोइन अलि टिममा समावेश गर्नुको अर्थ पनि सायद त्यही हुनसक्छ। टर्निङ पिचमा आरोहाको स्थानमा अलिको प्रयोग कलकत्ताका लागि अर्को विकल्प हुन सक्छ। यसका लागि चार मूल ओभरसिज खेलाडी मध्य कसैको स्थानमा भारतीय खेलाडी प्रयोग गर्नुपर्ने हुन्छ।

कलकत्ताको टोली
ब्याट्सम्यान
ः रिंकु सिंह, रोभमान पावेल, अंगश्रीष रघुबंशी, मनिष पाण्डे, लुभिनाथ सिसोडिया र अजान्के रहाने

विकेट किपर ः क्विन्टन डी कक , रहमानुल्लाह गुरबाज
अलराउण्डर ः बंकटेस ऐयार (पेस),आन्द्रे रसेल (पेस), सुनिल नारायण (स्पिन), रमनदिप सिंह (पेस), अंकुल रोय (स्पिन), मोइन अली
स्पिनर ः वरुण चक्रवर्ती, मायांक मार्कण्डेय
फास्ट बलर ः हर्षित राना, वैभव आरोहा, एन्रिच नोत्जे, स्पेन्सर जोन्सर जोन्सन, उमार मलिक
यस टोलीमा सिजनका विजेता रिंकु सिंह, रघुबंशी, पाण्डे, गुरबाज, ऐयार, रसेल, नारायण, रमनदिप सिंह, रोय, चक्रवर्ती, राना र आरोआ छन्।

पाण्डे कलकत्तामा किन ?
अहिले अन्तर्राष्ट्रिय खेलमा अवसर नपाएको मनिष पाण्डे कुनै समय भारतीय क्रिकेटमा बेजोड नामको रूपमा उदाएका थिए। तीनै पाण्डे यस सिजनमा कलकत्ताले तुलनात्मक कम रकममा टोलीमा पाएको अर्को नाम हो। उनलाई ७५ लाख भारतीय रुपैयाँमा कलकत्तामा आबद्ध गराइएको हो।

सन् २००९ मा उनले रोयल च्यालेन्जर बंगलोरको प्रतिनिधित्व गरेका थिए। उनी आईपीएलमा शतक प्रहार गर्ने पहिलो भारतीय हुन्। उनले दिल्लीको विरुद्धमा शतक प्रहार गरेका थिए।

यसपछि पनि उनको टोली निश्चित थिएन। बंगलोरबाट पुने वारियरमा पुगेका उनी सन् २०१४ मा कलकत्तामा पुगे। उनले पन्जाबविरुद्धको फाइनलमा ९४ रन प्रहार गरेका थिए। सोही रनका कारण उनले अन्तर्राष्ट्रिय खेलमा समेत अवसर पाएका थिए।

कलकत्तामा पाण्डेको उपस्थिति त्यत्तिकै महत्त्वपूर्ण छ। गएको सिजनको सुरुवातमा कलकत्ताले आरोह र अवरोह पार गरिरहेको थियो। यसै बिचमा बन्खडे क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको कलकत्ताले ५७ रनमा पाँचौँ विकेट गुमाएको थियो। सोही समयमा इप्म्याक्ट खेलाडी पाण्डे मैदानमा प्रवेश गरेका थिए। उनले ऐयारसँग मिलेर ८३ रनको साझेदारी गरे। पाण्डेले ३१ बलमा ४२ रन जोडेका थिए। सोही साझेदारीले कलकत्तालाई सो खेलमा २४ रनको जित मात्र दिलाएन आइपिएलमा नयाँ लय समात्ने अवसर समेत मिलेको थियो। मुम्बईलाई १४५ रनमा आउट गरेको कलकत्ताले १६९ रनको योगफल खडा गरेको थियो।

साहरुख खान तथा उनको टोलीले गत सिजनमा नै यो एउटा क्रिकेट टोली नभएर परिवार भएको बताएका थिए। उनीहरूको त्यो प्रयासले धेरै हदसम्म यो मेगा अक्सनले पनि सार्थकता पाएको छ।

Comment