संकटालाई सभापति कप फुटबल प्रतियोगिताको उपाधि

Manoj Shiama
1 February, 2025 12:26 pm

टाइब्रेकरमा आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) लाई पराजित गर्दै ए डिभिजन लिग क्लब संकटाले सभापति कप फुटबल प्रतियोगिता जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । योसँगै खेल टाइब्रेकरमा पुगेको हो ।
टाइब्रेकरमा संकटाले ४–३ ले बाजी मा¥यो । उपाधिसँगै संकटाले २६ लाख रुपैयाँ हात पा¥यो। बागमतीले भने १३ लाख रुपैयाँमा चित्त बुझायो । संकटाका राम थापा र रोशन पहारीको प्रहार विकेश कुथुले रोके । लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे ।
बागमतीका नवीन लामा, फोडे फोफना र सेन्जल एलेक्सले मात्रै गोल गर्न सके । कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोलरक्षक दीप कार्कीले रोके। रजत तिवारीको प्रहार माथिल्लो बारबाट बाहिरियो ।