कर्णाली संयोजकमा शाही

Manoj Shiama
13 February, 2025 3:30 pm

गिरिजा प्रसाद कोइराला फाउन्डेसनले हुम्लाका दन्त बहादुर शाहीलाई कर्णाली प्रदेश खेलकुद संयोजकमा मनोनयन गरेको छ । शाहीको कार्यकाल २ वर्षको छ । गिरिजा प्रसाद कोइराला फाउन्डेसन खेलकुद विभागका संयोजक तुलसी थापा मगरले पनि शाहीको सफल कार्यकालका लागि शुभकामना दिएकी छिन् । 

गिरिजा प्रसाद कोइराला फाउन्डेसनकी प्रमुख सुजाता कोइराला र थापा मगरले शाहीलाई प्रमाणपत्र प्रदान गरे ।