५ नयाँ संघले ओलम्पिक कमिटीमा सदस्यता पाउने
Manoj Shiama
13 March, 2025 11:16 am

नेपाल ओलम्पिक कमिटीको आन्तरिक विवाद समाधानको बाटोमा गएको छ । ११ मार्चका दिन कुवेतमा भएको वार्तामा दुई पक्षीय सहमति भएको छ । दुई पक्षीय समझदारीमा सदस्यता पाउनका लागि आवेदन दिएका ५ सङ्घलाई तत्काल सदस्यता दिनका लागि विशेष साधारण सभा बोलाउने निर्णय भएको छ ।
ती ५ संघले पनि अदालतमा दिएको रिट निशर्त फिर्ता लिने सहमति भएको छ । सहमति पत्रमा ओलम्पिक काउन्सिल अफ एसियामा महानिर्देशक र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गरे । यसै गरी नेपाल मोर्डन पेन्टाथलन सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल इक्वेस्ट्रियन सङ्घका अध्यक्ष रवि राज कर्णिकार, नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटा, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ स.घा अध्यक्ष अच्युत खनाल र नेपाल बेसबल एन्ड सफ्टबल सङ्घका अध्यक्ष दीपक न्यौपानेको हस्ताक्षर छ ।