नेपालको अन्तिम खेल वर्षाले प्रभावित

Manoj Shiama
17 March, 2025 7:11 am


वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
४ खेलमा पराजित भएको नेपाल चार टोली सम्मेलित प्रतियोगिताको चौथो स्थानमा रहेको थियो । हङकङ भने नेटरनरेटमा नामिबियासँग पछि परेपछि तेस्रो स्थानका लागि नेपालसँग प्रतिस्पर्धा गर्न लागेका थिए । यी दुई टोलीबीचको खेल रद्द भएको हो। हङकङले लिग चरणमा ६ मध्ये तीन खेलमा जित हात पारेको थियो ।
नेपालले लिग चरणको पहिलो खेलमा हङकङसँग २ रनको हार बेहोरेको थियो। अर्को खेलमा भने ६ विकेटको जित निकाल्न सफल रह्यो ।