नेपालमा थप ५ खेल सङ्घ ओलम्पिक कमिटीमा
Manoj Shiama
20 March, 2025 2:43 pm

नेपालमा ५ वटा नयाँ खेल सङ्घहरू नेपाल ओलम्पिक कमिटीमा आबद्ध भएका छन् । यसरी आबद्ध भएका खेल सङ्घमा नेपाल मोर्डन पेन्टाथलन सङ्घ, नेपाल इक्विस्ट्रियन सङ्घ, नेपाल बेसबल तथा सफ्ट बल सङ्घ, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ र नेपाल रग्बी छन् । ११ मार्चमा कुवेतमा भएको सहमति अनुसार बुधवार भएको १८ औ विशेष साधारण सभाले ती ५ सङ्घलाई सदस्यता दिने निर्णय गरेको हो ।
जुम मार्फत भएको सो साधारण सभामा ओलम्पिक काउन्सिल अफ एसियाका डेपुटी डाइरेक्टर जनरल विनोद तिवारीको पनि उपस्थिति थियो ।