टिकटक र एनसेल एनएसएल बिच सहकार्य

टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ ।
२९ मार्चदेखि काठमाडौँमा आयोजना हुने एनसेल एनएसएलको समयमा फुटबल प्रशंसकहरूले अहिले विश्वभर एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेको टिकटक प्लेटफर्ममा संलग्न हुने र कन्टेन्टहरू बनाउने अवसर पाउनेछन् । प्रतिष्ठित दशरथ रङ्गशालामा आयोजना हुने एक महिना लामो फुटबल महोत्सव २६ अप्रिलमा सकिने छ ।
प्रत्येक दिन हजारौँ भिडियोहरू साझेदारी गरिने प्लेटफर्मले मानिसहरूलाई आफ्ना मन पर्ने टिम, खेलाडी र म्याच डे इभेन्टहरू छलफल गर्ने ठाउँ दिने जनाइएको छ ।
फ्यानहरूलाई एकताबद्ध गर्ने,नेपालको सबैभन्दा ठुलो फुटबल लिगको उत्साह बढाउनेर फ्यान अनुभवलाई समृद्ध बनाई फुटबललाई प्लेटफर्मका डिजिटल दर्शकहरूको नजिक विश्वव्यापी रूपमा लैजाने टिकटकको प्रतिबद्धता अनुसार यो सहकार्य गरिएको हो ।
टिकटकको दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले भनिन्,‘हामी नेपालको सबैभन्दा ठुलो खेलकुद कार्यक्रमहरू मध्ये एकएनसेल एनएसएल ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर बन्न पाउँदा उत्साहित छौँ । यस साझेदारीसँगै हामीले टिकटकमा यस सिजनभरि नै लिगका फ्यानहरूमाझ यस भव्य प्रतियोगिताको भावना र जोस ल्याउने लक्ष्य राखेका छौ । ’
एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले भने,‘एनएसएल सधैँभरि फुटबलमा फ्यानहरूको अनुभवलाई पुनः परिभाषित गर्ने प्रयास गर्दछ । यो सहकार्यले उनीहरूलाई लिग र आफ्ना मन पर्ने खेलाडीहरूसँग पहिलो पटक नजिक ल्याउनेछ। फुटबल केवल खेल मात्र होइन,यो जोस, समाज र साझा अनुभवहरूको बारेमा पनि हो। यहाँ हामी एनएसएल प्रेमीहरूलाई नजिक ल्याउन र टिकटक मार्फत फुटबलप्रतिको उनीहरूको प्रेम सेलिब्रेट गर्न सक्छौँ ।’