अर्जेन्टिना विश्वकपमा छनोट

साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । बुधवार बिहान भएको दक्षिण अमेरिकी समूहको छनोटको खेलमा सातौँ स्थानको बोलाभिया र उरुग्वे बिच गोल रहित बराबरी भए पछि अर्जेन्टिना छनोट भएको हो । दक्षिण अमेरिकाबाट ६ टोली सिधै विश्वकपमा प्रवेश पाउने छन् ।
शीर्ष स्थानको अर्जेन्टिनाको २८ तथा सातौँ स्थानको बोलिभियाको १४ अङ्क छ । बोलिभियाको ४ खेल बाँकी छ ।
सन् १९७८ मा पहिलो पटक विश्वकप विजेता अर्जेन्टिनाले दोस्रो पटक सन् १९८६ मा सफलता पाएको थियो । तेस्रो पटक सन् २०२२ मा अर्जेन्टिनाले सन् २०२२ मा कतारमा भएको प्रतियोगितामा सफलता पाएको हो ।
हालसम्म सन् १९३८ मा इटाली र सन् १९६२ मा ब्राजिल बाहेक अन्य टोलीले विश्व कप उपाधि रक्षा गर्न सकेका छैनन् ।
सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपमा एसियाबाट जापान र इरान पनि छनोट भइसकेका छन् ।