पहिलो खेलमा नेपालको हार

Manoj Shiama
26 March, 2025 7:20 am

एसियन कप २०२७ को तेस्रो चरणको छनोटमा नेपाल पराजित भएको छ । मंगलबार सुल्तान इब्राहिम रङ्गशालामा भएको समूह ‘एफ को पहिलो खेलमा नेपाल घरेलु टोली मलेसियासँग २–० ले पराजित भएको हो । यो नतिजासँगै मलेसियाले तीन अङ्क जोडेको छ । खेलको २९औँ मिनेटमै मलेसियाले सुरुआती अग्रता लिएको थियो ।

पोर्चुगाली क्लब पोर्टिमोनेन्सका खेलाडी हेक्टर हेभलले मलेसियाली जर्सीमा डेब्यु खेलमै गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका हुन् । ७०औँ मिनेटमा ला’भेरे कोर्बिन–अङले दोस्रो गोल गरे ।