महोत्तरी तेक्वान्दोको अध्यक्ष रजनी
Manoj Shiama
28 March, 2025 11:05 am

महोत्तरी जिल्ला तेम्वान्दो सङ्घको अध्यक्ष रजनी लामाले निरन्तरता पाएकी छिन् । बिहीबार भएको तेस्रो साधारण सभाले फणीन्द्र राज भट्टराईलाई उपाध्यक्ष, देवान दोर्जे मोक्तानलाई सचिव तथा देवेन्द्र राज थिङलाई कोशाध्यक्षमा चयन गरेको छ ।
सदस्यहरूमा सबिता लामगादे, हस्त बहादुर बिक, अनुप राई, सन्तोष कार्की, सरोज विक, सोम बहादुर स्याङवा, शिव भट्टराई, पिपल मोक्तान र केशव भुजेल छानिए ।
साधारण सभामा गएको वर्षको प्रगति विवरण पनि प्रस्तुत गरिएको थियो । भविष्यमा यस खेलको विस्तारका लागि थप प्रतिभाशाली खेलाडी पहिचान गरी प्रशिक्षणलाई व्यापक बनाउने योजना रहेको अध्यक्ष लामाले बताइन् ।
जनता माबीका प्रधान अध्यापक नेत्र बहादुर रम्तेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मधेस प्रदेश तेक्वान्दो सङ्घका उपाध्यक्ष सुरेश लामा र सदस्य टेक बहादुर स्याङवाको उपस्थिति थियो ।