गिरिजा प्रसाद कोइराला फाउन्डेसन रोमानिया खेलकुद संयोजकमा सन्तोष
Manoj Shiama
28 March, 2025 11:14 am

गिरिजा प्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी, पिस एन्ड डेभलपमेन्टले रोमनियाका लागि खेलकुद संयोजक पदमा सन्तोष थापा मगरलाई मनोनयन गरेको छ ।
फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाको अध्यक्षतामा सञ्चालक समितिको बैठकले थापा मगरलाई आगामी दुई वर्षको कार्यकालका लागि उक्त पदमा मनोनयन गर्ने निर्णय गरेको फाउन्डेसनको यूथ एन्ड स्पोर्टस विभाग प्रमुख तुलसी थापा मगरले जानकारी दिइन् ।
फाउन्डेसनले विधानमा उल्लेखित लक्ष्य तथा उद्देश्यहरू प्राप्त गर्न थापा मगरको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेको छ । अध्यक्ष कोइरालाले मनोनयन गरेको पत्र हस्तान्तरण गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेकी छिन् ।
गिरिजा प्रसाद कोइराला फाउन्डेसनले लोकतन्त्र, शान्ति र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।