झापा र बुटवलबिच बराबर

काठमाडौं रेजर्स र झापा एफसीले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको लगातार २ खेलमा बराबरीको नतिजा सामना गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा काठमाडौं र झापाको बिचमा गोलरहित बराबरी भयो । दुवै टिम पहिलो जित निकाल्ने लक्ष्यमा रहे पनि सफल भएनन् ।
पहिलो खेलमा काठमाडौं ललितपुर सिटी एफसीसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । झापाले पनि बुटवल लुम्बिनीसँग गोलरहित बराबरी खेलेको थियो । यो बराबरी पछि दुवै टोलीका लागि बाँकी खेल चुनौतीपूर्ण बनेका छन् ।
पहिलो हाफमा काठमाडौँले र दोस्रो हाफमा भने झापा आक्रमणमा हाबी भएको थियो । खेलको पाँचौँ मिनेटमा काठमाडौँको अग्रता लिने प्रयासमा माथिल्लो बारमा लागेर बाहिरिँदा असफल भयो ।
मध्य भागबाट बल लिएर अगाडि बढेका मोहमेद बुया टुरेले पेनाल्टी बक्सभित्रबाट गरेको सशक्त प्रहार बारमा लागेर बाहिरिएको हो । २७औँ मिनेटमा नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकरसमेत रहेका जिलेस्पीजंग कार्कीको प्रहार आकासिँदा काठमाडौँले अर्को अवसर गुमाउन पुग्यो । अमान्डो डियोपले कट ब्याकमा दिएको पासमा उनको प्रहार सफल भएन । पहिलो हाफमा खासै राम्रा अवसर बन्न सकेन । झापाको भने कुनै पनि आक्रमण सफल देखिएन । दोस्रो हाफको सुरुमा नै झापाले उत्कृष्ट अवसर बुन्यो । ४६औँ मिनेटमा झापाका आर्सिक लाजेको आक्रमण पनि सफल भएन ।
१८ यार्डबाट उनले गरेका सशक्त प्रहार काठमाडौँका गोलकिपर अभिषेक बरालले पन्च गर्दै बाहिर पठाए । काठमाडौँका डियोपले ६६औँ मिनेटमा वान टच मार्फत गोल गर्ने सुन्दर अवसर खेर फाले । लेफ्ट साइडबाट जिलेस्पीले दिएको क्रसलाई पेनाल्टी बक्समा अन मार्क डियोपले भेट्टाउन नै सकेनन् । ७०औँ मिनेटमा झापाका अलहाजी गेरोले पनि अवसर गुमाए । करिब २५ यार्डबाट ड्रिब्लिङ गर्दै उनले पेनाल्टी बक्सबाट गरेको प्रहार पोस्टको दिशामा रहन सकेन । झापाका अर्सिकले ८३औँ मिनेटमा गरेको फ्रिकिक दोस्रो बारनजिकबाट बाहिरिन पुग्यो । त्यसको ४ मिनेटपछि नै उनको अर्को आक्रमणलाई काठमाडौँका गोलकिपर अभिसेकलाई खासै चुनौती भएन ।
८०औँ मिनेटमा एरोन थापाको उत्कृष्ट सट पनि बारमा लागेर फर्किँदा झापाले अग्रता लिने अवसर गुमायो । राइट साइडबाट आरोनले ड्रिब्लिङ गर्दै नजिकैबाट गरेको प्रहार बारमा लागेको हो । खेलको अन्तिम समयमा लाकेन लिम्बूले गरेको लामो दूरीबाट गरेको प्रयास पनि सफल हुन सकेन । यससँगै खेल बराबरीमा नै सकियो ।