तेस्रो रामबृक्ष यादव फ्रिस्टाइल रेस्लिङ सुरु
Manoj Shiama
4 April, 2025 7:57 pm

नेपाल कुस्ती सङ्घको आयोजनामा तेस्रो रामबृक्ष यादव राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । दुई दिने प्रतियागयतामा ३ विभागीय टोली तथा ४ प्रदेश टोलीका अन्दाजी ९० खेलाडीको सहभागिता छ ।
पहिलो दिन केही तौल समूहका खेल भयो भने प्राविधिक बैठक पनि सम्पन्न भएको नेपाल कुस्ती सङ्घका अध्यक्ष प्रकाशकुमार कुसारीले जनाएका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन शनिवार राष्ट्रिय खेलकुद परिषद्का सदस्य– सचिव टङ्कलाल घिसिङले गर्ने छन् ।
प्रतियोगिताका फ्रिस्टाइल रेस्लिङका महिलाका ७ तथा पुरुषका ७ गरी १४ स्पर्धा समावेश छन् । सन् २०२६ को एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूलाई अभ्यास तथा आत्मबल वृद्धिमा समेत यो प्रतियोगिता महत्त्वपूर्ण साबित हुने अध्यक्ष कुसारीले बताए ।