शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते हुने

नेपाल सितोरियो कराते डो सङ्घ, प्रयोग पोखरी डोजाको आयोजनामा शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक गोपाल महर्जनले शुक्रवार ललितपुर महानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुष÷महिला एकल काता र कुमुतेमा समान ११÷११ गरी २२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाबाट ३५ टिमको सहभागी हुने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जानकारी गराए ।
पत्रकार सम्मेलनमा बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले युवा खेलाडीलाई सङ्गठित गर्न र शहीद प्रति सम्मान व्यक्त गर्न प्रतियोगिता महत्त्वपूर्ण हुने बताए ।
ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले देशका लागि ज्यान दिने शहीदको सम्झना प्रतियोगिता गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन तथा महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको सह–प्रायोजनमा हुने दुई दिने प्रतियोगिताका खेलहरू मङ्गलवार स्थित आदर्श कन्या निकेतनमा खेलाइने छ ।