तेस्रो रामबृक्ष यादव फ्रिस्टाइल रेस्लिङको उपाधि नेपाल आर्मी क्लबलाई 

Manoj Shiama
5 April, 2025 7:42 pm

नेपाल कुस्ती सङ्घको आयोजनामा तेस्रो रामबृक्ष यादव राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।  .शनिवार सम्पन्न प्रतियोगितामा आर्मी क्लबले ६ स्वर्ण, ४ रजत तथा १ कासे पदक जितेको हो । 

प्रतियोगितामा नेपाल एपिएफ क्लबले दोस्रो स्थान पाएको छ । एपिएफले ३ स्वर्ण , ३ रजत तथा एक कासे पदक जितेको हो । यसै गरी ३ स्वर्ण, २ रजत तथा दुई कासे पदकका साथ मधेस प्रदेश तेस्रो भएको छ । महिला तर्फ आर्मीकी सुशीला चन्द तथा पुरुष तर्फ मधेसका राज यादव उत्कृष्ट खेलाडी घोषित भए । 

प्रतियोगिताका विजेता टोली तथा खेलाडीलाई गण्डकी प्रदेशका पूर्व सभासद् दीपक कोइराला र राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष शिव कोइराला तथा नेपाल कुस्ती सङ्घका अध्यक्ष एवं राखेप सदस्य प्रकाश कुमार कुसारीले पुरस्कार प्रदान गरे । 

प्रतियोगिताको शनिवार नै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्क लाल घिसिङले उद्घाटन गरेका थिए । 

उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य, अञ्जन धमला, दीपेन्द्र विष्ट, फुल कनट्याक्ट एतिमी क्योकुसिनका भेट्रान खेलाडी प्रदीप थापा, राखेप सदस्य हिमाल श्रेष्ठ र अञ्जना मास्केको उपस्थिति थियो ।   

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा ३ विभागीय टोली तथा ४ प्रदेश टोलीका अन्दाजी ९० खेलाडीको सहभागिता रुह्यो ।