धनगढीको लगातार दोस्रो बराबरी

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल)मा साबिक उपविजेता धनगढी एफसीलाई बराबरीमा रोकेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधवार सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । जारी प्रतियोगितामा धनगढीको यो लगातार दोस्रो बराबरी हो ।
बुटवल लुम्बिनी एफसीविरुद्ध ४–१ जितसहित प्रतियोगिता सुरुआत गरेको धनगढी दोस्रो खेलमा साबिक विजेता ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो । लगत्तैको खेलमा पनि धनगढी गोलविहीन हुन पुगेको हो ।
नतिजासँगै अपराजित धनगढीले ३ खेलबाट ५ अङ्क भएको छ । एक खेल बढी खेलेको पोखराको भने ४ अङ्क छ । पोखराले सुरुवाती २ खेलमा हारको सामना गरेको थियो ।
बुटवल लुम्बिनी एफसीविरुद्ध ४–१ जितसहित प्रतियोगिता सुरुआत गरेको धनगढी दोस्रो खेलमा साबिक विजेता ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो। लगत्तैको खेलमा पनि धनगढी गोलविहीन हुन पुगेको हो । जारी एनएसएलमा चितवन एफसी ७ अङ्क सहित शीर्ष स्थानमा छ भने बुटवल एफसी १ अङ्क सहित पुछारमा छ ।
प्रतियोगितामा ७ फ्रेन्चाइजको सहभागिात छ । पहिलो संस्करणमा काठमाडौँ रेजर्सले उपाधि जितेको थियो भने दोस्रो संस्करणमा ललितपुर एफसीले उपाधि जितेको थियो । दुवै संस्करणमा धनगढी उप विजेता बनेको थियो ।