राष्ट्रिय स्केटबोर्ड हुने

Manoj Shiama
16 April, 2025 9:37 am


नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घको आयोजनामा आठौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता वैशाख ५ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा २ सय ५० पुरुष तथा १ सय ५० महिला खेलाडीको सहभागिता रहने आयोजक सङ्घका अध्यक्ष अच्युत खनालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । फ्रिस्टाइल विधाअन्तर्गत वेस्ट ट्रिक र वेस्ट रन स्पर्धामा खेल हुनेछ ।
शीर्ष तीन स्थानमा रहने खेलाडीले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुई दिने प्रतियोगिताका खेलहरू टोखास्थित स्केटर्स नेपाल स्केटपार्कमा खेलाइने छ ।