Manoj Shiama
11 June, 2015 8:51 am

गत वैशाखको विनाशकारी भूकम्पमा परी घाइतेको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले ४५ सदस्यीय खेलाडीसहितको टोलीले रक्तदान गरेका छन् ।
देउराली क्लबले आयोजना गरेको रक्तदानमा खेलाडीसहित दुई सय ५० जनाले सहभागिता जनाएको आयोजक क्लबका कोषाध्यक्ष एवं संयोजक लीलेश्वरप्रसाद प्रधानले जनाएका छन् ।