करातेकर्मीले भुकम्प पिडितलाई बनाए घर

Manoj Shiama
23 June, 2015 11:49 am

kushal1
नगरकोट स्थित महाँमञ्जुश्री–११ लिला देवि वास्तोलाको परिवारका लागि कराते खेलाडी तथा प्रशिक्षकले शनिवार घर वनाएर हस्तान्तरण गरेका छन् ।
करातेका राष्ट्रिय खेलाडी पर्शुराम वास्तोलाको संयोजकत्वमा दशौ सागका स्वर्ण विजेता तथा हाल कराते राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ, एघारौँ सागका स्वर्ण विजेता हाल राष्ट्रिय टिमका खेलाडी सुनिल लामा, राष्ट्रिय खेलाडी तारा गुरुङ, जनक सिंह खड्का, साथै सञ्जु श्रेष्ठ, रोमा गुरुङ, सिमोन्सा श्रेष्ठ र प्रेम वहादुर योगीले भुकम्प पिडित लिला देविको परिवारलाई गाउँकै अस्थायी नमुना घर निमार्ण गरेर हस्तान्तरण गरेको छन् ।
हस्तान्तरण पश्चात एकल महिला लिला देविले आफू वनाउन नसकिरहेको अवस्थामा खेलाडीहरु आएर घर निर्माण गरिदिएकोमा खुसि व्यतm गर्दै भनिन, मलाई ठूलो सहयोग गरिदिनु भयो, आठ नौँ वर्षको लागि ढुक्क भएको छ । लिलाको परिवारका एक छोरी र एक छोरा छन् ।
इटालिमा रहेका भोला एण्ड मिमिको सक्रियातामा विदेशि मित्रहरुको सहयोगमा ६ लाख बराबरको १ सय १० वन्डिल जस्ता ७३ घरधुरीलाई वितरण गरेको थियो, लोक नाथ वास्तोला, मुलसंयोजकले जनकारी गराउनुभयो ।
लायन्स क्लव, सामाखुसी मार्फत प्राप्त भएको नगदले खेलाडीहरुले घर वनाएर उपलब्ध गराएका थियो ।