खेलपत्रकार ठकुरी सम्मानित

Manoj Shiama
7 July, 2015 9:01 am

ts 1

खेलकुद पत्रकार टीएस ठकुरी शिखर सम्मान २०७२ बाट सोमवार राजधानीमा सम्मानित भएका छन् । त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड टेड सेन्टरको सभाहलमा आयोजित एक समारोहमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले पत्रकार ठकुरीलाई दोसल्ला ओढाई ताम्रपत्रले सम्मान गरे । खेलकुद तथा पत्रकारिता क्षेत्रमा अमुल्य योगदानको उच्च कदर गर्दै शिखर नेपालले सम्मान गरेको हो । नेपाल समाचारपत्रमा लामो समय खेलपत्रकारका रुपमा कार्य गरेका पत्रकार ठकुरीलाई नेपाल भलिबल संघको केन्द्रिय सचिवको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्दै हाल सेलिब्रिटी खबर डट कमको सम्पादक रही नेपाली पत्रकारिता एवं खेल जगतमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान प्रदान गरिएको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताए । सम्मान समारोहमा देशभरबाट बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका दर्जन बढी व्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मान समारोहका बिशिष्ट अतिथि उद्योग मन्त्री महेश बस्नेतलाई शिखर बिशिष्ट व्यक्तित्व अभिनन्दनबाट सम्मान गरिएको थियो ।