तेक्वान्दो प्रशिक्षकलाई सहयोग
तेक्वान्दो प्रशिक्षक शेर बहादुर थापा मगर र मदन गीरीको घर १२ बैशाखको भूकम्पका कारण क्षती भए पछि विदेशमा बस्ने तेक्वान्दोकर्मीले सहयोग गरेका छन् । हङ्गकङ्ग र मकाउमा रहेका तेक्वान्दो खेलाडी तथा प्रशिक्षकबाट प्राप्त रकम बिहिबार तेब्वान्दो बरिष्ठ मुख्य प्रशिक्षक ध्रुब गुरुङ्ग र बरिष्ठ साहयक मुख्य प्रशिक्षक अर्जुन बिकले हस्तान्तरण गरे । यी दुइदेवाट १ लाख १० हजार ५ सय रुपैया प्राप्त भएको थियो । रकम हस्तान्तरण कार्यक्रममा बरिष्ठ प्रशिक्षक मिन बहादुर थापा, बरिष्ठ प्रशिक्षक संगीना बैद्य, प्रशिक्षक नबीन कुमार श्रेष्ठ र बद्री घिमिरेको साथै राष्ट्रिय खेलाडीहरुको उपस्थिती थियो । हस्तान्तरण कार्यक्रम हेमन्त डाँगीले सञ्चालन गरेका थिए ।
हङ्गकङ्गबाट अमर राइ, गम्भीर सिंह गुरुङ्ग र अर्जुन राइले सहयोग गरेका थिए । यसैगरी, मकाउमा रहेका प्रेम भुजेल, शुर्दशन थापा, प्रेम बहादुर गुरुङ्ग, अमर राज लामा,रमेस जंग थापा, सिह बहादुर लामा, जित बहादुर खडका्, तारा बहादुर महत र रवि भुजेलले सहयोग गरेका थिए । सहयोग गर्ने अन्यमा राम शरण दुलाल, शेर बहादुर कोइराला, कृष्ण शरण कार्की, विश्वराज सिग्देल, शान्ती अधीकारी, मान बहादुर शाही, राजु नगरकोटी र विजय लामा मोक्तान रहे । यसैगरी अन्य सहयोगी ब्यक्तिमा घनश्याम वली, शिब शंकर चौधरी, पूर्ण बहादुर श्रेष्ठ र प्रजुन अधीकारी रहे ।