सातौ राष्ट्रिय खेलकुद मंसिरमा ःसदस्य सचिव बिष्ट

Manoj Shiama
13 July, 2015 10:09 am
keshav sepatakra

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले सातौ राष्ट्रिय खेलकुद मंसिरको पहिलो साता गर्ने तयारी रहेको बताए । मित्र राष्ट्र भारतमा हुने १२ औं दक्षिण एशियाली खेलकुद(साग)को तिब्र तयारीका लागि पनि यथासिध्र राष्ट्रिय प्रतियोगिता गर्नुपर्ने छ । सदस्य–सचिव बिष्टले थपे नीतिगत निर्णय नभए पनि उपयुक्त समय मंसिरनै भएकाले छलफल नजिक पुगेका छौं । नेपाल सेपाक ताक्रो संघले शनिवार साझ आयोजना गरेको नव–नियुक्त सदस्य–सचिव बिष्टकै बधाई तथा सम्मान कार्यक्रममा उक्त कुरा बताएका हुन ।
बधाई तथा सम्मान कार्यक्रममा आयोजकका महासचिव नेत्र गुरुङले हाम्रा खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत मेडल हासिल गरेर राष्ट्रको गौरब बढाए पनि राज्यले गरेको राष्ट्रिय प्रतियोगितामा सेपाक ताक्रो खेल समावेश नहुदा खेलाडीको मनोबल गिरेको बताए । आगमी पुर्वान्चलमा हुने सातौं राष्ट्रिय खेलकुदमा सेपाक ताक्रो संघ समावेश नगरिए खेलाडी अन्यायमा पर्ने बताए । सो अवसरमा आयोजकका पदाधिकारीको उपस्थिति रहेको थियो ।