संजयलाई राखेपको सहयोग

keshav sanjaya
नेपालका सर्वाधिक लामो दुरीका म्याराथुन धावक एवं किर्तिमानी विश्व पर्वतारोही संजय पण्डितलाई आइतवार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले २५ हजार चेक हस्तान्त्रण गरेका छन । विश्वको सर्वोच्च शिखर सगरमाथा, प्राणघातक हिमाल मनास्लु लगाएत ६ महादेशका सर्वोच्च शिखरहरुको आरोहण एवं अनुभव संगालेका पण्डितले अव एसियाकै इरान स्थित सर्वोच्च ज्वालामुखी पहाड तथा अन्टान्ट्रिका महादेशको माउण्ट भिन्सन आरोहण गर्ने अभियानमा रहेका छन् ।
उनलाई आरोहण सफलताको सहयोग स्वरुप उक्त रकम प्रदान गरिएको हो । कार्यक्रममा सदस्य सचिव विष्टले शिखरहरुको आरोहणका क्रममा बनाउका किर्तिमान प्रति बधाइ दिदै उपलब्धि र किर्तिको अनुभवलाई नेपालको विकासका लागि सदुपयोग हुने आशा व्यक्त गर्नु भयो । सो रा.खे.प. का. अधीकृत वासुदेव आचार्य लगाएतको उपस्थित रहेको थियो ।

Comment