तेक्वान्दाको पोखरा घोषणापत्र
लामो समय देखि तर खस्कदै गएको नेपाली तेक्वान्दाले पुर्नरत्थानको प्रण सहित १४ बुदे पोखरा घोषणा पत्र सार्वजनिक गरेको छ । पोखरामा शनीबार ढिलो गरी सकिएको साधारण सभामा तेक्वान्दोमा देखिएको आन्तरिक र बाहीरी समस्याकाक बारे छलफल भयो भने आपसी असमmभदारी हटाउने र नया युगमा प्रबेशको प्रण सहित घोषणापत्र सार्वजनिक गरियो ।
करिब चार घन्टा लामो छलफल पछि यो घोषणापत्र तयार भएको हो । तेक्वान्दोलाई विकेन्द्रीकृतगर्ने सोचका साथ क्षेत्रीय र प्रादेशीक समिती गठन गर्ने निर्णय गरियो । साथै दोस्रो महिला रािष्ट्रय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने निर्णय भयो । गत फागुनमा पहिलो महिला प्रतियोगिता तेक्वान्दो संघको सहयोगमा महिला सुदृढिकरणको सहयोगमा भएको थियो ।
यसैगरी टोक्योमा हुने पारा ओलम्पिकमा पारा तेक्वान्दोमा सहभािग गराउने निर्णय भएको छ । साथै राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको छ । यसै बर्ष तेस्रो माउन्ट एभरेस्ट तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ । सातौ बृह खेलकुदको तेक्वान्दो च्याम्पियनसीपलाई भब्यताका साथ तत्काल सुरु गर्ने भएको छ ।
३१ सदसीय कार्यसमितीलाई घटाएर २१ सदस्य बनाइने भएको छ । विभिन्न कारणले तेक्वान्दोको मुलधारबाट बाहीरिएकालाई फेरी मुल धारमा प्रबेश गर्न ढोका खुला गर्ने तथा क्षमता मापन गरी पुर्नसमायोजन गर्ने निर्णय भएको छ । विद्यालय तेक्क्वान्दोका कार्यक्रम सञ्चालन गर्न निदेर्शीका जारी गर्ने तथा विदेशमा रहेका खेलाडीले जिल्ला तथा क्षेत्रबाट छनोट खेल्नु पर्ने निर्णय भएको छ । गत बैशाखमा गएको भुकम्पमा प्रभावितका लागि राहत वितरण गर्ने तथा हान्मादाङ प्रतियोगिता पोखरामा आयोजना गर्ने निर्णय भएको छ ।
शनीबार बिहान सुरु भएको साधारणसभाको उद्घाटनसत्रमा तेक्वान्दोको विगतको साख र अहिलेको अबस्था र तेक्वान्दो संघ माथि विभिन्न क्षेत्रबाट भएको प्रहारको बारे चर्चा उठेको थियो । विभिन्न क्षेत्रबाट एनआरएनको सहभागिता र तेक्वान्दोको नाममा भएको विभाजनको पनि आवाज उठे पछि यो घोषणापत्र सार्वजनिक भएको हो । साधारण सभामा जिल्ला संघ, केन्द्रिय कार्य समिती र प्राबीधीकहरुको उपस्थिती थियो ।