तेक्वान्दो टोली मलेसिया प्रस्थान
चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ८ सदस्यीय नेपाली टोली बुधबार मलेसिया प्रस्थान गरेको छ । उक्त च्याम्पियनसिपा मलेसियाको सारावाकस्थित कुचिङमा अगष्ट २२ देखि २३ तारिखसम्म सञ्चालन हुने छ । त्यसमा समान २–२ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषको ६३ केजीमुनि सुबोध खड्का र ६३ केजीमाथि विकास विडारीले प्रतिस्पर्धा गर्नेछन । महिलाको ४९ केजीमुनि अस्मिता खड्का र ४६ केजीमुनि काजल श्रेष्ठले चुनौती प्रस्तुत गर्ने छन् । अस्मिता र सुबोधले एकल पुम्सेका साथै पेयर पुम्सेमा पनि भाग लिने बताइएको छ ।
प्रशिक्षकमा कुमार लामा घिसिङ र सरोज बाँस्तोला, व्यवस्थापकमा नन्दा बस्याल तथा निर्णायकमा नोर्बु लामा रहेका छन् । सो अवसरमा तेक्वान्दोका १० पटकका पूर्व राष्ट्रिय च्याम्पियनपियन एवं विश्वविद्यालय खेलकुद संघ नेपालका सदस्य महेन्द्र तामाङ (शंकर) ले नेपाली टोलीलाई टिसर्ट प्रायोजन गरेका थिए । तामाङले कूल १५ हजार मूल्य बराबरको टिसर्ट प्रायोजन गरेको बताइएको छ ।
टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेल र तेक्वान्दो प्रमुख प्रशिक्षक ध्रुव गुरुङले एक कार्यक्रमबीच बिदाइ गरे ।