तेक्वान्दो खेलाडीको बिदाई

Manoj Shiama
22 August, 2015 10:20 am

taekwondobidaie
मित्र राष्ट्र दक्षिण कोरियाको मोजु शहरमा आयोजना हुने दोश्रो डब्लुटिएफ विश्व क्याडेट तेक्वान्दो च्याम्पियनपसमा सहभागी हुन जाने तीन सदस्यिय नेपाल तेक्वान्दोको खेलाडीहरूलाई प्रमाण पत्र वितरण कार्यक्रमकै अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले बिदाई गरे ।

१२–१४ बर्ष उमेर समूहमा सहभागि हुन जाने खेलाडीहरूमा ३३ केजीमा राज बस्नेत र ४१ केजीमा निशान प्रसाद भुषालले प्रतिस्पर्धा गर्ने हेमन्त डाँगीले जानकारी गराएका छन् । त्यस्तै टिम प्रशिक्षकमा आठौं सागका स्वर्ण पदकधारी एवं तेक्वान्दो संघका सदस्य कोशिस बहादुर खड्का रहेका छन् । प्रतियोगिता ६ देखि ९ भदौसम्म संचालन हुनेछ । टोली शुक्रबार नै त्यस तर्फ प्रस्थान गरेको छ ।