कोषाध्यक्ष हमालको स्वागत

Manoj Shiama
29 August, 2015 11:01 am

weightlifting 12
नेपाल भारोत्तोलन संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त कोषाध्यक्ष सुरेन्द्र बहादुर हमालको शुक्रबार स्वागत गरेको छ ।     पूर्व भारोत्तोलन खेलाडी एवं ओलम्पियन हमाललाई भारोत्तोलन संघका महासचिवपार्थ सारथी सेन गुप्त, उपाध्यक्ष एवं ओलम्पियन सुनीललाल जोशी, सचिव तिलकबहादुर राउत लगायत पदाधिकारी, खेलाडी, प्रशिक्षक लगायतले त्रिपुरेश्वरस्थित राखेप हातामा आयोजित एक कार्यक्रमबीच स्वागत गर्दै हमालको कार्यकालको पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।
सो अवसरमा हमालले भारोत्तोलन खेल आफ्नो मुटु र अन्य खेल शरीरको विभन्न अंग भएको बताउदै भारोत्तोलन खेलकै कारण आफू यो पदमा पुग्न सफल भएको बताए । उनले भारोत्तोलन मात्र नभइ अन्य खेल र खेलाडीको विकासकालागि संस्थागत रुपमा लागी पर्ने प्रतिबद्धता व्यक्त गर्दै खेलकुदका महत्वपूर्ण पद खेलाडीले पाउनु पर्ने धारणा राखे ।