टप्स उमावि इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन च्याम्पियन

Manoj Shiama
30 August, 2015 7:33 pm

Champion Team Tops HSSe
पोखरा
टप्स पोखरामा जारी १४ औं जिल्लास्तरीय अन्तरमावि स्व. इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ। उमावि कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आइतबार भएको फाइनल खेलमा कुल छ स्वर्णमध्ये तीन स्वर्ण हात पार्दै टप्स उमावि च्याम्पियन बन्न सफल भएको हो। योसँगै टप्सको च्याम्पियनका शृङ्खला यो दशौंपटक हो। उसले सिनियर छात्रा एकल, डबल र यु–१२ छात्रा एकतर्फ स्वर्णपदक प्राप्त गरेको थियो।
प्रतियोगितामा दुई स्वर्णपदक प्राप्त गरेको प्रगति बोर्डिङ स्कुल दोस्रो भयो भने एक स्वर्ण जितेको कुमुदिनी होम्स तृतीय भयो। प्रगतिले सिनियर छात्र एकल र डबलतर्फ स्वर्ण जितेको थियो भने कुमुदिनीले यु–१२ छात्र एकलतर्फ स्वर्ण जितेको थियो।
शनिबार सम्पन्न यु–१२ छात्र एकलतर्फको फाइनलमा टप्स उमाविका प्रजिता गुरुङले टप्सकै समीक्षा गुरुङलाई १९–२१, २१–१० र २२–२० ले हराइन्।सो इभेन्टमा टप्सकै एलिशा बलाल थापा र सिद्धार्थ बोर्डिङ स्कुलका प्रेक्षा केसी तृतीय भए।
सिनियर छात्रा डबलतर्फको फाइनल खेलमा टप्स उमाविका मेनुका गुरुङ र समीक्षा केसीको जोडीले माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका अञ्जली भण्डारी र सविना आचार्यको जोडीलाई २१–१० र २१–११ को सोझो सेटमा हरायो। सो इभेन्टमा टप्स उमाविका आकृति केसी र प्रजिता गुरुङ तथा सिद्धार्थका प्रतिभा केसी र प्रेक्षा केसी तृतीय भए।
सिनियर छात्रा एकलतर्फको फाइनलमा टप्स उमाविका मेनुका गुरुङले टप्सकै आकृति केसीलाई ३–१ को सेटमा पाखा लगाइन्। पहिलो सेट १६–२१ ले गुमाएकी मेनुकाले दोस्रो सेट २१–१२ र २१–५ ले पराजित गर्दै स्वर्णपदकमाथि हक जनाइन्।सो इभेन्टमा टप्स उमाविकै प्रजिता गुरुङ र सेन्ट फ्रान्सिसका रोजी गुरुङ तृतीय भए।
सिनियर छात्र एकलतर्फको फाइनलमा खेलमा प्रगति बोर्डिङ स्कुलका विधान अधिकारीले प्रगतिकै सुलभ बस्नेतलाई २१–१६, १७–२१ र २१–१६ ले पराजित गरे।सो इभेन्टमा सैनिक आवासीय महाविद्यालयका सुदीप भण्डारी र सैनिककै ओम थापा तृतीय भए।
सिनियर छात्र डबलतर्फको फाइनल खेलमा प्रगतिका विधान अधिकारी र निकेश खड्काको जोडीले प्रगतिकै सुलभ बस्नेत र धीरेन विकको जोडीलाई २१–१६ र २१–१७ को सोझो सेटमा पराजित गर्न सफल भयो।सो इभेन्टमा कुमुदिनी होम्सका धीरज श्रेष्ठ र आयुशकाजी श्रेष्ठ तथा सैनिकका ओम थापा र सुदीप भण्डारीको जोडी तृतीय भयो।
यु–१२ छात्र एकलतर्फको फाइनलमा कुमुदिनी होम्सका धीरज श्रेष्ठले सैनिक आवासीय महाविद्यालयका पवन गुरुङलाई २१–१० र २१–१० को सोझो सेटमा पराजित गरे। सो इभेन्टमा सेन्ट फ्रान्सिसका ओलिभर गुरुङ र सैनिकका विशेष बस्नेत तृतीय भए।
प्रतियोगितामा बेस्ट प्लयेर बन्न सफल सिनियर छात्र एकलतर्फका विजेता प्रगतिका विधान अधिकारी,  सिनियर छात्रा एकलतर्फकी विजेता टप्स उमाविका मेनुका गुरुङ तथा उदीयमान खेलाडी सेन्ट फ्रान्सिसका निकेश गुरुङले एक–एक थान स्पोर्टस् साइकल प्राप्त गरे। यस्तै माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका पूर्व विद्यार्थी एवं पूर्व राष्ट्रिय खेलाडी मोहन नेपालीको स्मृतिमा विद्यालयले यसै वर्षदेखि सुरुवात गरेको पाँच हजार रुपैयाँको मोहन नेपाली स्मृति पुरस्कारबाट सिनियर छात्र एकलतर्फका विजेता विधान अधिकारी र सिनियर छात्रा एकलतर्फका विजेता मेनुका गुरुङ पुरस्कृत भए।विद्यालयका प्रिन्सिपल हरिमाया शर्माले दुवैलाई जनही दुई हजार पाँच सय रुपैयाँ प्रदान गरेकी थिइन्।
प्रतियोगितामा बेस्ट ड्रेसतर्फ टप्स उमावि, डिसिप्लनमा सिद्धार्थ बोर्डिङ स्कुल घोषित भएका थिए।विजेता तथा उपविजेता खेलाडीलाई प्रमुख अतिथि नेपाल प्रहरीका डीआईजी पंकज श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव रबिन्सन प्रजू र  हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त लगायत कुमुदिनी होम्सका संस्थापक अशोक पालिखे, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका प्रिन्सिपल हरिमाया शर्मा, टप्स उमाविका प्रिन्सिपल रत्नमान  पुरस्कार प्रदान गरेका थिए।
कास्की जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष डम्मरसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष रुद्र घलेले स्वागत मन्तव्य र सहसचिव दुर्गाप्रसाद जोजिजूले कार्यक्रम सञ्चालन गरेका थिए।