राजधानीबाट ७ खेलाडी छानिए
Manoj Shiama
5 September, 2015 10:04 pm
सातौं राष्ट्रिय खेलकुद– २०७२ अन्तर्गत १५ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका लागि काठमाडौंबाट ७ पुरुष खेलाडी शनिबार छनोट भएका छन् । ५५ केजीमा रवि महर्जन, ६० केजीमा सुक्देव कार्की, ६५ केजीमा अनिललाल श्रेष्ठ, ७० केजीमा कर्णिक शाक्य, ७५ केजीमा महेश्वर महर्जन, ८० केजीमा नरेश मालाकार तथा ८० केजीमाथि विजयत्तमरत्न वज्राचार्य छनोट भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् ।
राष्ट्रिय शारीरिक सुगठन असोज १ र २ गते पूर्वाञ्चलको विराटनगरस्थित वीरेन्द्र सभागृहमा हुने महासचिव राजभण्डारीले जानकारी दिए ।