अजित र भूमि पहिलो
उपत्यकाव्यापी विद्यालयस्तरीय सडक दौड प्रतियोगिताको छात्रमा अजितकुमार यादव र छात्रामा भूमि बुढा मगर मंगलबार पहिलो भएका छन् । शिक्षा मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप¬) द्वारा संयुक्त आयोजित प्रतियोगिताअन्तर्गत निर्धारित ५ किलोमिटर दूरी अजितले १७ मिनेट ४२.१ सेकेन्डमा पूरा गरे । अनुप खनाल (१७ मिनेट ४६.९) दोश्रो तथा खडक बुढा मगर (१७ मिनेट ५२.८ सेकेन्ड) तेश्रो भए ।
छात्राको ३ किलोमिटर दूरी भूमिले १४ मिनेट १४ सेकेन्डमा तय गरिन् । सर्मिला क्षेत्री (१४.३० सेकेन्ड) दोश्रो र सुनीता श्रेष्ठ (१४ मिनेट ५२ सेकेन्ड) तेश्रो बने । शिक्षा दिवसको उपलक्ष्यमा आयोजित प्रतियोगिताको दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजारका दरले नगद पुरस्कार हात पारे । चौथोदेखि दसौं स्थानमा रहनेले पनि नगद पुरस्कार पाए ।
विजेतालाई शिक्षा मन्त्री चित्रलेखा यादवलगायतले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिएको थियो ।